प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनुपर्छ : मोहन वैद्य
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रतिक्रियावादी र संशोधनवादी सत्ता र संस्कृतिका विरुद्ध क्रान्तिकारीहरूले महान् जनयुद्धका सांस्कृतिक र राजनीतिक शहीदहरूबाट ऊर्जा र उत्प्रेरणा लिँदै प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनु पर्ने बताएका छन् । तत्कालीन प्रतिक्रियावादी सत्ताले काभ्रेका अनेकोटमा क्रूरतापूर्वक च्याङ्वा लामालगायतका सांस्कृतिक योद्धाहरूको हत्या गरेको संस्मरणमा सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको सन्दर्भको चर्चा गर्दै जनयुद्ध संसदीय प्रतिक्रियावादी व्यवस्थाका विरुद्धको समग्र प्रतिरोध भएको उनले बताएका हुन् ।
२४औँ सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा ‘प्रतिरोधी संस्कृति निर्माणका चुनौतीहरू’ विषयक अन्तरक्रिया बोल्दै उनले जनयुद्धमा भएको बलिदानले व्यवस्थाविरुद्धको प्रतिरोधी संस्कृति निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै वर्तमान सामन्त, दलाल तथा नोकरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्थाका विरुद्ध नयाँ प्रतिरोधी सङ्घर्ष निर्माणमा जोड दिए । प्रतिरोधी संस्कृति प्रतिरोध सङ्घर्षसँग सम्बन्धित रहेको चर्चा गर्दै यो नयाँ जनवादी तथा वैज्ञानिक संस्कृतिसँग सम्बन्धित रहेको कुरा समेत स्पष्ट पारे ।
कार्यक्रममा निनु चापागाईंले सांस्कृतिक आन्दोलन पनि वैचारिक आन्दोलन नै भएको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्टहरूले पनि आचार व्यवहारमा कम्युनिस्ट संस्कृतिलाई जीवन पद्धति बनाउन नसकेको बताए । प्रभुत्वशाली संस्कृति र सत्तालाई धुलिसात बनाउने उद्देश्य नै प्रतिरोधी संस्कृतिको उद्देश्य हुनुपर्ने धारणा राख्दै उनले सर्वहारा सांस्कृतिक क्रान्तिको आवश्यकतामाथि जोड दिए ।
अर्का वक्ता प्रा.डा. ताराकान्त पाण्डेयले उपभोक्तावादी संस्कृतिले जनस्तर र सामाजिक स्तरमा समेत जरा गाड्न पुगेकाले कम्युनिस्ट क्रान्तिकारीहरूले त्यस्तो प्रतिक्रियावादी संस्कृतिको सशक्त प्रतिरोधका निम्ति आलोचनात्मक चेतलाई बढाउनु पर्नेमा जोड दिए ।
त्यसै गरी मार्क्सवादी लेखक रोशन जनकपुरीले जातीय, क्षेत्रीय, र लैङ्गिक मुद्दाहरूले वर्गीय मुद्दालाई ओझेलमा पार्दै लगेको चर्चा गर्दै वर्गीय मुद्दालाई प्रधान बनाएर प्रतिरोधी सङ्घर्ष उठान गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी महिला नेतृ अम्बिका मुड्भरीले वर्तमान सत्ता र व्यवस्थाले महिलामाथि लादेको बहुआयामिक शोषण र उत्पीडनका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षको आवश्यकता रहेको चर्चा गर्दै लैङ्गिक उत्पीडन पनि वर्गीय उत्पीडनको विस्तारित रूप भएकोले वर्ग सङ्घर्ष र प्रतिरोध सङ्घर्षलाई एकसाथ अगाडि बढाउनु पर्ने विचार व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण