एट्लेटिको तेस्रो स्थानमा उक्लियो
एट्लेटिको स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रायो भालेकानोलाई १–० गोलले हराएर एट्लेटिको क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो ।
घरेलु टोली रायो भालेकानोमाथि जित निकाल्न एट्लेटिकोका लागि कप्तान कोकीले निर्णायक गोल गरे । प्हिलो हाफमा गोल रहित बराबरी खेलेको एट्लेटिकोका लागि उनले ४९औं मिनेटमा गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए ।
एट्लेटिको खेलको ८५औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । एट्लेटिकोका एन्जल कोरेरा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
जितसँगै एट्लेटिकोले २९ खेलबाट ५४ जोडेको छ । एट्लेटिको तालिकाको तेस्रो स्थानमा छ दुई खेल कम खेलेको बार्सिलोनाको ५१ अंकका साथ चौथो स्थानमा छ । पराजित रायो भालेकानो ३२ अंक जोडेर १३औं स्थानमा छ । लिग लिडर रियल मड्रिडको ६६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकको जिउधनको सुरक्षा गर्न सरकार उदासिन देखियो : कोइराला
-
भोलिदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
-
झ्याप्ले खोलामा बस र माइक्रो पुरिँदा १४ जनाको मृत्यु
-
बाढीबाट प्रभावित काठमाडौँ महानगरका विद्यालय आइतबार बन्द हुने
-
उद्धारका लागि १० हजार ५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन
-
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो