बैतडीमा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु
आइतबार, ०६ चैत २०७८, ०८ : २०
बैतडीमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन् । बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र ०१००२त ५५९८ नंको ट्र्याक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
उनका अनुसार ट्र्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारूको जिल्ला अस्पतालमा राति मृत्यु भएको हो । घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली : टुक्रे योजना नियन्त्रणको अडानमा टिक्न नसकेका मुख्यमन्त्री, कांग्रेसको दोहोरो चरित्र
-
कांग्रेस–एमाले सहमतिपछि लुम्बिनी सरकारको भविष्य सङ्कटमा
-
कर्जा ग्राहकहरूलाई एनआइसी एशियाले ल्यायो व्याज छुट योजना
-
यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
-
आज कुन विदेशी मुद्राको मूल्य कति ?
-
विम्बल्डन : साबिक विजेता पहिलो राउण्डमै स्तब्ध