सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गोविन्दराज जोशीमाथिको कारबाही फिर्ता लिन माग

आइतबार, ०६ चैत २०७८, ०७ : २०
आइतबार, ०६ चैत २०७८

काँग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि केन्द्रीय कार्यसमितिले गरेको कारवाही फिर्ताको माग भएको छ । नेपाली काँग्रेस भानु नगर कार्यसमितिले जोशीमाथिको कारवाही फिर्ताको माग गरेको हो ।

तनहुँको भानु नगरसमितिका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले  कारबाही फिर्ता गर्न माग गरेको हो । बैठकले जोशीसहितका कार्यकर्ता असन्तुष्टि भई पार्टीभन्दा बाहिर बस्दा पार्टीलाई क्षति भइरहेकाले कारबाही फिर्ताका लागि प्रदेश, क्षेत्र र जिल्ला कार्यसमितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि केन्द्रीय समितिले जोशीलाई कारबाही गरेको थियो । त्यसयता जोशीले स्वतन्त्ररूपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप