आर्थिक संकटमा श्रीलंका : परीक्षाका लागि कागज पनि किन्न सकेन
![आर्थिक संकटमा श्रीलंका : परीक्षाका लागि कागज पनि किन्न सकेन](https://rpcdn.ratopati.com/media/albums/2020-07-06T000000Z_2017775501_RC2INH908HNI_RTRMADP_3_HEALTH-CORONAVIRUS-SRI-LANKA-SCHOOLS_SBXhINZ9at.webp)
कागजको नभएपछि श्रीलंकाले पश्चिमी प्रान्तका लाखौं विद्यालय विद्यार्थीहरूको लागि परीक्षा रद्द गर्न बाध्य भएका छन् । कोलम्बोसँग आयात गर्नका लागि डलरको कमी भएपछि यो समस्या सिर्जना भएको अधिकारीहरूले बताएका छन् ।
शिक्षा अधिकारीहरूका अनुसार परीक्षाहरू, कागजको चरम अभावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको छ । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता पाएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ।
"प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्रा सुरक्षित गर्न नसक्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन सक्दैनन्," झन्डै ६० लाख जनसंख्या रहेको पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ ।
कक्षा ९, १० र ११ को परीक्षाहरु निरन्तर मूल्याङ्कन प्रक्रियाको अंश हो । विद्यार्थीहरूलाई वर्षको अन्त्यमा अर्को कक्षामा बढुवा गर्नका लागि यो लिइन्छ । आर्थिक सङ्कटबीच अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले मुलुकमा खाद्यान्न, इन्धन र औषधिको अभाव भएको देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’