भारत र जापानबीच चीनबारे छलफल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच शनिबार चीनसँग सम्बन्धित विषयमा वार्ता भएको छ । समाचार एजेन्सी एएनआईले भारतीय विदेश सचिव हर्ष श्रृंगलालाई उद्धृत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी प्रधानमन्त्रीलाई लद्दाखको वर्तमान अवस्थाबारे जानकारी गराएको बताएको छ ।
मोदी र जापानी प्रधानमन्त्रीबीच युक्रेनको पछिल्लो अवस्थाबारे पनि छलफल भएको थियो । दुबैले युक्रेनमा आणविक संयन्त्रको सुरक्षाको महत्त्वलाई जोड दिए । दुवैले युक्रेन र रुसबीचको हिंसा तत्काल बन्द गर्नुपर्ने बताए । युक्रेन समस्या समाधानका लागि वार्ताको विकल्प नरहेको उनीहरुको भनाइ थियो ।
दुवै प्रधानमन्त्रीले युक्रेनमा जारी द्वन्द्व र मानवीय संकटको बारेमा चिन्ता व्यक्त गर्दै इन्डो-प्यासिफिक क्षेत्रका लागि यसको प्रभावबारे मूल्याङ्कन गरेका थिए। जापानी प्रधानमन्त्री किशिदा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित शनिबार दिउँसो भारत पुगेका छन् । प्रधानमन्त्री बनेपछि उनी पहिलो पटक भारत आएका हुन् ।
किशिदाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुका साथै १४औँ भारत–जापान शिखर सम्मेलनमा पनि भाग लिनेछन् । यसअघि सन् २०१८ मा टोकियोमा भारत र जापानबीच शिखर वार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन