बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल हस्तकला महासंघमा प्रचण्ड शाक्य निर्वाचित

शनिबार, ०५ चैत २०७८, २२ : ४५
शनिबार, ०५ चैत २०७८

नेपाल हस्तकला महासंघमा नयाँ नेतृत्व चयन भएको छ । प्रचण्ड शाक्यको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।  शुक्रबार सम्पन्न संघको ४१ औं वार्षिक साधारणसभापछि शनिबार भएको नयाँ नेतृत्वको निर्वाचनमार्फत २३ जनाको कार्यसमिति चयन गरिएको हो । 

जसअनुसार वरिष्ठ उपाध्यक्ष सनम शाक्य चयन भएका छन् भने उपाध्यक्षमा  दीपेन्द्र शाक्य, अमृत खड्का, दिव्यतारा तुलाधर, दिल्ली रत्न तुलाधर, नविन शाक्य, किरणकुुमार स्थापित चयन भएका छन् ।

यस्तै सदस्यहरुमा गणेशमान राजचल, पदमराज बराल, रेखा अर्याल, श्रीकृष्ण प्रजापति, प्रताप शाक्य, मिलनवीर मालाकार, राकेश बज्राचार्य, अमूल्य देवी शाक्य, रत्नमुनि ब्रम्हाचार्य, विक्रम सिंह महर्जन, उदिप शाक्य, माणिकमान शाक्य, विकास शाक्य, सुजन रत्न शाक्य, दिपेन्द्र शाक्य चयन भएको संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप