शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

रुसद्वारा पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग

शनिबार, ०५ चैत २०७८, २२ : ०८
शनिबार, ०५ चैत २०७८

रुसको सेनाले हाइपरसोनिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी पश्चिमी युक्रेनमा रहेको एउटा ठूलो भूमिगत हतियार भण्डारलाई ध्वस्त पारेको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ। यदि पुष्टि भयो भने किन्जल नामको यो क्षेप्यास्त्र युद्धमा रुसको पहिलो प्रयोग हुनेछ । यसलाई सम्भवतः मिग–३१ युद्धक विमानबाट प्रहार गरिएको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले हाइपरसोनिक क्षेप्यास्त्रमा रूसको लगानीलाई बारम्बार जोड दिने गरेका छन् । यसले आवाजभन्दा पाँच गुणा बढी गतिमा यात्रा गर्न सक्छ । रूसी अधिकारीहरूका अनुसार किन्जलले २ हजार किलोमिटर टाढाको लक्ष्यमा प्रहार गर्न सक्छ र ६ हजार  किमी घन्टाभन्दा छिटो उड्न सक्छ। 

राष्ट्रपति पुटिनले गत डिसेम्बरमा रुसले हाइपरसोनिक क्षेप्यास्त्र निर्माणमा विश्वमा सबैभन्दा अघि रहेको दाबी गरेका थिए । यस क्षेप्यास्त्रलाई ट्र्याक गर्न गाह्रो हुने र उडानको बीचमा दिशा परिवर्तन गर्न सक्ने बताइएको छ । रुसले रोमानियासँगको सिमानाबाट १०० किलोमिटर मात्र दक्षिण–पश्चिम युक्रेनको गाउँ डेलियाटिनमा रहेको हतियार डिपोमा क्षेप्यास्त्र प्रहार भएको दाबी गर्दै भिडियो पोस्ट पनि गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप