शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हामी एक्लै चुनाव लड्न तयार छौँ : मन्त्री पौडेल

शनिबार, ०५ चैत २०७८, २१ : ३८
शनिबार, ०५ चैत २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन् । बागलुङ काठमाडौँ सम्पर्क समन्वय समिति काठमाडौँ आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै उनले भने, ‘हामी अरूभन्दा धेरै लचिलो छौँ । हामी आफ्नै बुताले चुनाव लडेर जित्छौँ । हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए आज पनि छन् ।’

माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतका उपलब्धि हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियावादी लागेको आरोप लगाए । विचार, राजनीति, र दृष्टिकोण फरक भएपनि जिल्लाको विकासका लागि नेताहरू एकमत रहेको बताए ।

यस्तै माओवादी केन्द्रीय सदस्य दिनानाथ शर्माले अहिले सरकारमा राख्ने र सडकमा पुर्‍याउने शक्ति माओवादी भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप