धनुषामा चार जनासहित ६६ सवारी साधन प्रहरीको नियन्त्रणमा
धनुषामा होली मनाउने क्रममा मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गरेको आरोपमा चार जना र दर्जनौँ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार धनुषामा बिहानैबाट धनुषा प्रहरीले मादक पदार्थ सेवन, सडकमा उच्छृङ्खल गतिविधि गर्ने र लापरबाहीपूर्वक सवारी चलाउनेमाथि विशेष निगरानी राखिएकाले दर्जनौँ सवारी सहित चार जनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
होलीमा सवारी दुर्घटना हुन सक्ने जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा र जनपद प्रहरीले संयुक्त रूपमा मपासेदेखि तीव्र गतिमा सवारी गुडाउनेलाई प्रहरीले निगरानीमा राखेको थियो । मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गरेको आरोपमा चार जनालाई पक्राउ गरेको र ६६ वटा मोटरसाइकलसहित सवारी साधन नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायब उपरीक्षक समेत रहेका प्रवक्ता बस्नेतले बताए ।
६६ वटा सवारी साधनमध्ये मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएका २७ र तीनजना सवार भई मोटरसाइकल चलाएका ४२ वटा सवारी साधन रहेको उनले बताए । धनुषा ट्राफिक कार्यालयका प्रमुख नवराज न्यौपानेले जनकपुरधाम उपमहानगरपालिकाभित्र २ सय ३३ जनालाई ट्राफिक नियम उल्लङ्घन गरेकालाई कारबाही स्वरूप जरिवाना लिई छाडेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु