बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार : परिसूचक ६४ अंकले बढ्यो, १२ अर्बको कारोबार

शनिबार, ०५ चैत २०७८, १९ : ०७
शनिबार, ०५ चैत २०७८

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ अंकले उकालो लागेको छ । गत साताको अन्तिम कारोबार दिनदेखि यो साताको अन्तिम कारोबार दिनसम्मको अवधिमा परिसूचक ६४ अंकले बढेको हो ।

गत साताको बिहीबार नेप्से परिसूचक २५ सय ६६ अंकमा पुगेर रोकिएको थियो । जुन, यो सातामा ६४ अंकले बढेर २६ सय ३१ अंकमा पुगेर रोकिएको छ । सातामा चार दिन कारोबारमा आएको नेप्से दुई दिन उकालो र दुई दिन भने ओरालो लागेको थियो ।

पहिलो कारोबार दिन आइतबार १०१ अंकले र सोमबार ०.१४५ अंकले बढेको नेप्से मंगलबार १७ अंकले र बुधबार १९ अंकले घटेको थियो । सोमबार भने अनलाइन कारोबार प्रणाली (टीएमएस)मा प्राविधिक समस्या आउँदा कारोबार प्रभावित बनेको थियो । चार कारोबार दिनमा १२ अर्ब १४ करोड रुपैयाँ बराबरको २ करोड २८ लाख कित्ता सेयर किनबेच भएको छ ।

गत साताभरमा नेप्से परिसूचक १९ अंकले बढेको थियो । गत सातादेखि नै उकालो लाग्न लागेको नेप्सेले यो साता पनि उकालो यात्राको लय कायम राखेको हो । समग्र नेप्से परिसूचक बढ्दा बजार पुँजीकरण पनि ९२ अर्बले बढेको छ । गत साता ३६ खर्ब ३७ अर्ब रहेको नेप्से पुँजीकरण यो साता ३७ अर्ब ३० अर्ब पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप