धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको मेलम्ची हो : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको ‘मेलम्ची’ भएको बताएका छन् । जुम्लामा शनिवार धौलिगाड वृहत खानेपानी आयोजनाको शिलान्यास गर्दै मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना काठमाडौं उपत्यकाका लागि मेलम्ची जत्तिकै महत्वपूर्ण भएको बताएका हुन् । उनले भने, ‘काठमाडौंको मेलम्ची पनि चैत मसान्तभित्रै सञ्चालनमा आउँदैछ । धौलिगाड वृहत खानेपानी आयोजनामा साढे दुई वर्षमै सकिन्छ ।’
वृहत धौलिगाड खानेपानी आयोजना निर्माण १३ वर्ष अघि बढेको थियो । एक अर्ब २६ करोड लागतमा निर्माण हुन लागेको यो आयोजनाले साढे दुई वर्षभित्र स्थानीयको घरघरमा पानीको पहुँच पुर्याउने लक्ष्य राखेको छ । मन्त्री चौधरीले भने, ‘म जुम्लाबासीलाई अढाई वर्षभित्रै धौलिगाडको पानी खुवाउँछु । ढिलासुस्ती नगर्न माताहतका कर्मचारीलाई निर्देशन दिएको छु ।’
आयोजना निर्माण लागत एक अर्ब २६ करोड आठ लाख चार सय ९० रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्