मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए महाधिवेशन : शेष घलेले डाके तयारी भेला

शनिबार, ०५ चैत २०७८, १७ : १५
शनिबार, ०५ चैत २०७८

एनआरएनएको १० औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रमुख संरक्षक शेष घलेले तयारीलाई तीव्रता दिएका छन् । घलेले महाधिवेशनका विषयमा छलफल गर्न तयारी समितिका संयोजक सोनाम लामाको निवासमा शनिबार बैठक राखेका छन् ।

वर्तमान नेतृत्वले एकपक्षीय ढंगबाट निर्वाचन कार्यक्रम अघि बढाएपछि एनआरएनए विभाजनको संघारमा पुगेको भन्दै घलेले हस्तक्षेप गरी लामाको संयोजकत्वमा  समिति बनाएका थिए । सोही समितिमार्फत महाधिवेशन तयारीका गतिविधिबारे जानकारी लिन उनले भेला डाकेका हुन् । 

एनआरएनए पदाधिकारीहरूका अलावा अध्यक्षका आकांक्षी कुल आचार्य, महासचिव आकांक्षी डा.केशव पौडेललगायत सहभागी बैठकमा महाधिवेशनमा कसरी अगाडि जाने भन्ने विषयमा छलफल भएको बताइएको छ । 

बैठकमा प्रमुख संरक्षक घलेले तोकिएकै समयमा राजधानीमा निर्वाचन हुने भन्दै सहभागिता र आवश्यक तयारीका लागि निर्देशन दिएको डा.पौडेलले जानकारी दिए । उनले सबै पक्षलाई महाधिवेशनमा सहभागिताका लागि आग्रह गरेका थिए ।

 महाधिवेशनको मिति नजिकिएसँगै राजधानीमा एनआरएनए अगुवाहरु भित्रने क्रम जारी छ । हाल एनआरएनए अध्यक्ष कुमार पन्त तथा पूर्व अध्यक्ष जीवा लामिछानेलगायत पनि राजधानीमै छन् । घलेले सबै पक्षलाई समेट्न अधिकतम प्रयास जारी राखेका छन् ।  एनआरएनएको चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा १० औं महाधिवेशन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप