रुपन्देही सुपर लिग : खुकुरी क्लबलाई सफलता
नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको शनिबार सम्पन्न खेलमा लुम्बिनी खुकुरी क्लबले सफलता पाएको छ । सुपर फोरको पहिलो खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसीलाई ९१ रनले पराजित गर्दै लुम्बिनी खुकुरी क्लबले आगामी यात्रा निश्चित गरेको हो ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा सुरुवाती ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव एक ओभरमा एकसय ५३ रन बनाएको थियो । जसका लागि शंकर रानाले ५७, दुर्गेश गुप्ताले १९ र धीरज शाहीले १६ रन बनाए । भने एमसीसीका रोशनलाल गुप्ताले चार, रमेश कुर्मी, सन्तोष यादव र सबिन शाक्यले समान दुई विकेट लिए ।
एक सय ५४ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रेको एमसीसी २४ ओभरमै समेटिएर ६२ रन मात्र जोड्न सक्यो । सबै विकेट गुमाएर लक्ष्यमा पुग्न नसकेको एमसीसीले ९१ रनान्तरले हार ब्यहोर्नुपर्यो । जसका लागि रोसनलाल गुप्ताको एकल प्रयासमा सर्वाधिक २८ र सुशान्त थापाले १२ रनको योगदान गरे । टिमका लागि अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन जोड्न नसकेपछि हारको सामना गर्नु पर्यो । दुर्गेश गुप्ताले चार, अजयकुमार चौहानले तीन र लालबहादुर अधिकारीले दुई विकेट लिए ।
शनिबारको खेलमा लुम्बिनीका दुर्गेश गुप्ता म्यान अफ द म्याच बने । आइतबार बुद्ध क्रिकेट क्लब र वेस्टर्न क्लबबीच प्रतियोगिता हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा