आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

शनिबार, ०५ चैत २०७८, १६ : ३०
शनिबार, ०५ चैत २०७८

अष्ट्रेलिया आईसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया अन्तिम चारमा प्रवेश गरेको हो । ​

इडेन पार्कमा भारतले दिएको २७८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै २८० रन बनायो । अष्ट्रेलियालाई जित दिलाउन मेग लानिङले ९७ रनको अर्धशतकीय पारी खेलिन् । यस्तै एलिसा हेएलीले ७२ रनको अर्धशतकीय पारी खेल्दा राचिल हेयनेसले ४३ रन जोडिन् । बलिङतर्फ भारतका लागि पूजा भाष्ट्रकरले दुई विकेट लिइन् । त्यस्तै मेघना सिंह र स्नेहा रानाले समान एक–एक विकेट लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो । भारतका लागि कप्तान मिथाली राजले ६८ रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै हर्मन्प्रित कउरले अविजित ५७ रनको अर्धशतकीय पारी खेल्दा यास्तिका भाटियाले ५९ रनको अर्धशतकीय इनिङ्स खेलिन् । 

बलिङतर्फ अष्ट्रेलियाकी डार्सी ब्राउनले तीन विकेट लिइन् । त्यस्तै अलाना किङले २ विकेट लिइन् । जितसँगै अष्ट्रेलियाले ५ खेलमा १० अंक जोडेको छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । पराजित भारत ५ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप