जनकपुरधाममा भव्य रुपमा मनाइयो होली (फोटो फिचर)
शनिबार, ०५ चैत २०७८, १५ : २२

जनकपुरधाममा आज भव्य रुपमा होली पर्व मनाइएको छ । मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तः गृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरधाममा भव्य रुपमा होली मनाइएको हो । शनिबार होरैया लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बन्यो ।
मधेश प्रदेशका अधिकांश ठाउँमा शुक्रबार नै होली पर्व मनाइए पनि जनकपुर धामसहित नेपाल–भारतमा पर्ने मिथिला क्षेत्रमा भने शनिबार होली मनाइएको हो । हिमाली र पहाडी क्षेत्रमा भने बिहीबार नै होली पर्व मनाइ सकिएको छ ।
होली पर्व (फागु पूर्णिमा) का दिन मिथिला क्षेत्रमा आफ्नो कुल देवतालाई अबिर र सिन्दुर चढाइ पूजाआजा गर्ने चलन छ । साथै विभिन्न परिकारका मालपुवा, दालको पुरी लगायतका भोजन बनाएर खाने–खुवाउने र एक अर्कालाई रङ–अविर लगाएर खुसीयाली मनाउने चलन पनि विद्यमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?
-
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
-
कमलबजारमा ‘हवैजहाज’ त उड्यो, चलेन बिजुलीपङ्खा
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली