होङ्सी शिवम् सिमेन्टले १०.२०४ प्रतिशत बोनस दिने
शनिबार, ०५ चैत २०७८, १४ : ४८
होङ्सी शिवम् सिमेन्टले आफ्ना शेयर धनीलाई गतवर्षको मुनाफाबाट १०.२०४ प्रतिशत बोनस सेयर दिने भएको छ । शिवम् सिमेन्टको सहायक कम्पनी होङ्सी शिवमको हालै सम्पन्न वार्षिक साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको हो ।
चीनको व्यापारिक समूह होङ्सीको लगानीमा स्थापना भएको सिमेन्ट उद्योग हो । यस्तै, होङ्सी सिमेन्टको समेत लगानी रहेको छ । होङ्सी शिवमको ३० प्रतिशत र होङ्सी समूह अन्तर्गतको हङकङ रेडलाइनको ७० प्रतिशत लगानी छ ।
यस्तै, होङ्सी शिवम्मा शिवम् सिमेन्टको ८८ प्रतिशत लगानी रहेको छ । कम्पनीकाअनुसार होङ्सीको १२ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजीमध्ये शिवम् होल्डिङ्गको पूँजी ३ अर्ब ८२ करोड १९ लाखभन्दा बढी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू