आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्युठानमा बस दुर्घटना,एक बालिकाको मृत्यु, २३ जना घाइते

शनिबार, ०५ चैत २०७८, १४ : ३७
शनिबार, ०५ चैत २०७८

प्युठानमा शनिबार यात्रुबाहक बस दुर्घटना हुँदा एब बालिकाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १ की एक वर्षीया अंशु परियार रहेकी छन् ।  घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्युठानबाट घोराही जाँदै गरेको ना.३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना भएको हो ।  दुर्घटनामा घाइते भएकाहरुलाई अहिले घोराहीको राप्ती स्वास्थ्य प्रतिष्ठानमा ल्याइएको छ । गम्भिर घाइते ४ जना बाहेक अन्य सबैको अवस्था सामान्य रहेको रहेको प्रहरीले जनाएको छ ।

बस सडकदेखि ७० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप