शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गर्मीमा खरबुजाको सेवन, स्वास्थ्यका लागि फाइदा नै फाइदा !

शनिबार, ०५ चैत २०७८, १२ : ५२
शनिबार, ०५ चैत २०७८

गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी लागेसँगै विभिन्न प्रकारका फलफूलहरु बजारमा आउने गर्छन् । फलफूल पोषक तत्वले भरिएको हुन्छ । गर्मीको मौसममा तरबुजा, खरबुजा धेरै मात्रामा खपत हुने गर्छन् । गर्मी मौसमका लागि खरबुजाको सेवन सबैभन्दा फाइदाजनक छ । यसको सेवनले शरीरलाई ताजा महसुस गराउँछ । यसमा क्याल्शियम, आइरन, भिटामिन ए र भिटामिन सीको मात्रा भरपुर मात्रामा पाइन्छ । यसले मिर्गौला, रक्तचाप र आँखाका लागि फाइदा गर्छ । मधुमेहका रोगीका लागि यो निकै फाइदाजनक हुन्छ । 

खरबुजामा जीआईको मात्रा कम हुन्छ । यसको कारण चिनीको मात्रा नियन्त्रणमा रहन्छ । कब्जियतका रोगीका लागि खरबुजा निकै फाइदाजनक मानिन्छ । किनकी यसमा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ । यसका साथै, खरबुजामा भिटामिन सी र एन्टिअक्सिडेन्टको स्रोत पनि पाइन्छ । यसले रोग प्रतिरोधी क्षमताको पनि विकास गर्छ । भने, मुटुसम्बन्धी रोगहरुबाट पनि बचाउँछ । साथै, क्यान्सरबाट पनि बचाउँछ । 

डाक्टरका अनुसार मुत्रथैलीमा हुने संक्रमणबाट पीडित व्यक्तिहरुका लागि खरबुजा निकै फाइदाजनक हुन्छ । यसले शरीरका विषाक्त पदार्थहरु बाहिर निकाल्ने काम गर्छ । यसको सेवनले पेटलाई सफा राख्छ । गर्मीमा खरबुजाको सेवन गर्दा छालामा यसको असर देखिन्छ र छाला मुलायम हुन्छ । यसले गर्मीमा शरीरमा पानीको मात्रा पनि कम हुन दिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप