कोड फर चेन्जले ‘कोडफेस्ट’ नामक ह्याकाथोन आयोजना गर्ने

युथ इन सोसल चेन्ज नामक गैर नाफामूलक सामाजिक संस्थाद्वारा सञ्चालित प्राविधिक परियोजना कोड फर चेन्जले यही मार्च र अप्रिलमा राष्ट्रिय स्तरको ‘कोडफेस्ट’ नामक ह्याकाथोन आयोजना गर्ने भएको छ।
कोडफेस्टमा प्रविधिको डोमेनका विधार्थीहरुलाई समावेश गराइन्छ । दिगो विकासका ७ लक्ष्यहरुमा उनीहरूलाई आफ्नो विवेक, रचना र शैक्षिक संस्थाबाट सिकेका ज्ञानहरूलाई वास्तविक समस्याहरूको समाधानमा प्रयोग गर्न जोड दिइन्छ। कोडफ़ेस्ट आफूसँग आइडिया भएर पनि उचित प्लेटफर्म तथा एक्सपोजर नपाएका विद्यार्थीहरूका एक सुनौलो अवसर सावित हुन सक्ने आयोजकहरु बताउँछन् ।
कोडफ़ेस्ट विभिन्न प्रादेशिक र राष्ट्रिय स्तरमा गर्दै विभिन्न चरणहरूमा हुने कार्यक्रम हो । जसमा विद्यार्थीहरूले आफु पढ्दै गरेको कलेजलाई प्रतिनिधित्व गर्दै वा छुट्टै टिम बनाएर पनि आफ्नो टिम दर्ता गर्न सक्नेछन् र उनीहरूले सर्वप्रथम आफ्नै प्रदेशका टिमहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। ७ वटै प्रदेशमा उक्त प्रतिस्पर्धा हुनेछ र प्रादेशिक विजेताहरू काठमाण्डौमा अन्तिम चरणको लागि प्रतिस्पर्धा गर्नेछन्, जुन ३ दिन सम्म चल्नेछ।
उत्कृष्ट प्रतिस्पर्धीहरूले क्रमशः १ लाख , ५० हजार र २५ हजार बराबरको धनराशि र विभिन्न मेडल तथा प्रमाणपत्र पाउनेछन् भने यसका अलावा उपस्थित विधार्थीहरुको आइडिया मन परेको खण्डमा उनीहरूले कार्यक्रमका विभिन्न साझेदारहरू र उपस्थित दिग्वजहरुको विभिन्न कम्पनी तथा संस्थाहरूमा काम गर्ने सुवर्ण अवसर समेत पाउनेछन्। त्यसै गरी विजेताहरूको आइडिया लाई पूर्णता दिन आवश्यक तालिमको पनि व्यवस्था गरिनेछ। प्रतिस्पर्धामा सहभागी हुनका लागि विद्यार्थीहरूले यस लिङ्कमा क्लिक गरेर दर्ता गराउन सक्नेछन्।
यसै गरी कोड फर चेन्जले उक्त कार्यक्रम साझेदारी तथा सहयोग गर्न चाहनेहरूका लागि समेत आवेदन खुल्ला गरेको छ, इच्छुक कम्पनी तथा संस्थाहरूले यस लिङ्कमा क्लिक गरेर आवेदन दिन सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियामा ‘मिसेस नेपाल अष्ट्रेलियामा’ हुने
-
सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने
-
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
-
देशको नीति कार्यक्रममा कर्णालीले खोजेका बुँदा
-
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान
-
यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउँछ : मुख्यमन्त्री आचार्य