यस्तो छ प्रधानमन्त्री देउवाबाट उद्घाटन भएको देशकै दोश्रो ठुलो नयाँ खिम्ती सबस्टेसन
प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोश्रो ठुलो २२०/१३२ केभी खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको उक्त सवस्टेशनको प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गरेका हुन् ।
उक्त सबस्टेसन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्र्माण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सवस्टेशन हो ।
तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत जोडिने नयाँ खिम्ती सब स्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिनेछ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलो मिटर लामो २२० केभी डवल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सवस्टेशन जोडिएको छ ।
माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखु चौथो र २४.२ मेगावाट क्षमताको लिखु खोला ‘ए’ बाट उत्पादित विद्युत यही सबस्टेसनमा जोडिएको छ ।
त्यस्तै, नयाँ खिम्ती सवस्टेसनमा जोडिएको विद्युत ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४००/२२०/१३२ केभी सबस्टेसनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
नयाँ खिम्ती सब स्टेसनबाट ४६ कि.मि. लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघूस्थित १३२ के.भी. सवस्टेशन हुँदै काठमाडौं उपत्यकासहित नेपालको राष्ट्रिय विद्युत प्रणालीमा विद्युत प्रवाह भइरहेको प्राधिकरणले जनाएको छ ।
नयाँ खिम्ती सवस्टेसनमा आठवटा २२० केभी ग्याँस इन्सुलेटेट स्वीचगियर बे (Gas Insulated Switchgear -GIS bay)र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्वीचगियर बे (Air Insulated Switchgear Bay) रहेका छन् ।
साथै, सबस्टेसनमा २२०/१३२ के.भी., ३३.३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफर्मरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहने सबस्टेसनमा हाल करिब ५५ रोपनीमा २२०/१३२ केभी नयाँ खिम्ती सवस्टेशन निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्ग्रेजी नयाँ वर्ष मनाउन एकै दिन ५८२ वटा भारतीय सवारी साधन नेपाल प्रवेश
-
सर्वोच्चलगत्तै उच्चले काज सरुवा गर्न थालेपछि कर्मचारीले उठाए प्रश्न
-
कर्णालीमा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक : ०८४ सम्म गठबन्धन मजबुत बनाइने
-
सजिन महर्जनले जिते बिलम लाल स्मृति चेस उपाधि
-
दिपल इभी अब ४.९९% निश्चित ब्याजदरमै खरिद गर्न सकिने
-
सर्वोच्चको संवैधानिक इजलासले दियो फुलकोर्टलाई लिखित जवाफ पेस गर्न आदेश