माधव नेपाललाई ओलीको कटाक्ष : हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाइदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् ।
राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै उनले भने, ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग बिहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने ? फुकाल्नुपर्दैन ?’
नेकपा एमालेको सम्पर्क समन्वय कमिटीद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थीको संज्ञा दिएका छन् । यस्तो सरकार बनाउन माधव नेपालले संसद्को पछाडि बसेर लुसुक्क–लुसुक्क मत दिएको आरोप लगाए ।
अध्यक्ष अोलीले एमालेको सरकारले गरेको राम्रा काम मात्रै जनतालाई सुनाएर मत माग्न आग्रह गरे । सरकारको भने खान मात्रै चिन्ता रहेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमल पान मसालाको विज्ञापन गरेका तीन बलिउड स्टारलाई पर्यो भारी
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव