शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाललाई ओलीको कटाक्ष :  हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?

शनिबार, ०५ चैत २०७८, ११ : ५०
शनिबार, ०५ चैत २०७८

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाइदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् ।

राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै उनले भने,  ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग बिहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने ? फुकाल्नुपर्दैन ?’ 

नेकपा एमालेको सम्पर्क समन्वय कमिटीद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थीको संज्ञा दिएका छन् । यस्तो सरकार बनाउन माधव नेपालले संसद्को पछाडि बसेर लुसुक्क–लुसुक्क मत दिएको आरोप लगाए ।

अध्यक्ष अ‍ोलीले एमालेको सरकारले गरेको राम्रा काम मात्रै जनतालाई सुनाएर मत माग्न आग्रह गरे । सरकारको भने खान मात्रै चिन्ता रहेको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप