विप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक : महासचिवको प्रतिवेदनमाथि समूहगत छलफल सुरु
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । बिहानबाट सुरु भएको बैठकमा महासचिव चन्दको प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबारबाट सुरु भएको बैठकमा महासचिव चन्दले प्रस्तुत गरेको प्रतिवेदन अध्ययन गर्नका लागि भन्दै आज बिहानसम्मका लागि बैठक स्थगित भएको थियो ।
छलफलमा टोली नेताले आफ्नो समूहको धारणा राख्ने क्रम जारी रहेको एक केन्द्रीय सदस्यले रातोपाटीसँगको कुराकानीमा भने । टोली नेताहरुले धारणा राखेपछि आजै महासचिव चन्दले जवाफ दिने कार्यक्रम रहेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने वा बहिष्कार गर्ने भन्ने विषयमा बैठकले औपचारिक रुपमा नीतिगत निर्णय लिने बताइएको छ । महासचिव चन्दले प्रतिवेदनमा चुनावमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् । उक्त प्रस्तावमा केही नेताहरुले विमति जनाउँदै आएका छन् । बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको उपस्थिति रहेको छ । पार्टीका ७ सल्लाहकारमध्ये ३ जना अनुपस्थित रहेका छन् ।
बैठकमा एमसीसी र पार्टी महाधिवेशनको विषयमा पनि छलफल सुरु भएको छ । बैठकमा उपस्थित सबै नेताहरुले एमसीसीको काम अगाडि बढाउन दिन नहुनेमा धारणा राखेका छन् भने पार्टी महाधिवेशन चुनावपछि गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
-
‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही