निक्षेपभन्दा कर्जा तीन गुणा बढ्दा तरलता अभाव
चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ । आठ महिनाको अवधिमा निक्षेप १ खर्ब ३२ अर्ब र कर्जा ४ खर्ब ५१ अर्ब प्रवाह भएका कारण बैंकसँग लगानीयोग्य तरलताको अभाव भएको हो ।
आठ महिनामा निक्षेप संकलनभन्दा ३ खर्ब २० अर्ब बढी कर्जा गएको देखिएको छ । साउनदेखि असोजसम्म सामान्य रूपमा निक्षेप बढेकोमा कात्तिकदेखि मंसिरसम्म खासै निक्षेपमा प्रगति हुन सकेको थिएन । पुसमा ह्वात्तै निक्षेप बढेकोमा माघ फेरि ह्वात्तै घटेको थियो । फागुनमा आएर २२ अर्ब निक्षेप बढेको थियो । कर्जा भने प्रत्येक महिनाजसो बढ्ने क्रममा नै रहेको छ । फागुन महिनाभरिमा २२ अर्ब निक्षेप संकलन हुँदा १७ अर्ब कर्जा विस्तार गरेका छन् । नेपाल बैंकर्स एसोसिएसनका अनुसार फागुनभन्दाका अघिल्ला महिनामा यति अंकमा निक्षेप संकलन बढेको थिएन । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च
-
विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
-
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
-
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक