विप्लवको प्रस्ताव वस्तुवादी र सही : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी निर्वाचनमा भाग लिन गरेको प्रस्ताव वस्तुवादी र सही भएको बताएका छन् । नेता भट्टराईले विप्लवको सो प्रस्ताव नेपाली धर्तीको मार्क्सवादी विचार भएको भन्दै प्रशंसा समेत गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले भनेका छन् : ‘कमरेड नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीको बैठकमा आगामी निर्वाचनमा पार्टीले भाग लिने प्रस्ताव गर्नुभएछ । यो अत्यन्तै वस्तुवादी र सहि प्रस्ताव हो । नेपाली धर्तीको मार्क्सवादी विचार पनि हो ।’
भट्टराइले अन्ततः सबै कम्युनिष्टहरुको बाटो यही भएको र यही बाटोबाट समाजवादसम्म पुग्न सकिने दाबी गर्दै चालीसको दशकबाटै एमालेले पनि यही स्वरुप अबलम्बन गर्दै यहाँसम्म आइपुगेको बताएका छन् । उनले भनेका छन्, ‘करिब चालीसको दशकबाट आन्दोलनका वस्तुवादी स्वरुप अवलम्बन गर्दै जनताको बहुदलीय जनवाद हुँदै आजको नेकपा एमाले निर्माण भएको हो । बुर्जुवाहरूसँग प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै शान्तिपूर्ण र वैधानिक तरिकाबाट नेपाली समाजको प्रगतिशिल रुपान्तरण नै आजको मुख्य कार्यदिशा हो । अन्ततः सबै कम्युनिस्टहरूको बाटो यही हो र यही बाटोबाट समाजवादसम्म पुग्ने हो ।’
उनले यही प्रक्रियाबाट नै कम्युनिस्ट आन्दोलन एकीकृत र ध्रुवीकृत हुने बताउँदै नेपाली जनताको अपेक्षा पनि यही भएको बताएका छन् । महासचिव विप्लवले पार्टीको केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा सहभागी हुनपर्ने प्रतिवेदन पेश गरेका छन् । शुक्रबारदेखि कपिलबस्तुमा सुरु भएको बैठकमा विप्लवले पेश गरेको प्रतिवेदनमा सरकारले घोषणा गरेको स्थानीय तहको चुनावलाई उपयोग गरेर जानुपर्ने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको रविको दाबीबारे के भन्छन् पूर्वमहामन्त्री ढकाल ?
-
माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरूको सिटी जुलुस प्रदर्शन (तस्बिरहरू)
-
अफगानिस्तानलाई हराउन नेपालले १६९ रन बनाउनुपर्ने
-
रामकृष्ण ढकालको गीत ‘यो माया बसेर हो कि’ सार्वजनिक
-
दुई बेलायती सांसदले इजरायलमा पाएनन् ‘इन्ट्री’
-
प्यालेष्टिनी स्वास्थ्यकर्मीको हत्यामा त्रुटि भएको इजरायलले स्वीकार्यो