आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल इन्डोनेसिया प्रस्थान

शुक्रबार, ०४ चैत २०७८, २२ : ३७
शुक्रबार, ०४ चैत २०७८

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया प्रस्थान गरेका छन् । अध्यक्ष तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल इन्डोनेसिया प्रस्थान गरेको हो । 
अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसदको आयोजनामा चैत्र ४ देखि १० गतेसम्म हुने अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग अध्यक्ष तिमिल्सिना नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रतिनिधि मण्डलमा राष्ट्रियसभा सदस्यहरु भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधिसभा सदस्यहरु सुरेन्द्र कुमार कार्की, उमाशंकर अरगरिया रहेका छन् । त्यस्तै संघीय संसदका महासचिव डा। भरतराज गौतम, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाल लगायतको प्रतिनिधि मण्डलमा रहने संसद सचिवालयले जनाएको छ । 

सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टू जिरो स् मोविलाइजिङ पार्लियामेन्ट टू एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा व्यक्त गर्ने छन्  । त्यसैगरी सम्मेलनका विशेष सत्रमा कोभिड–१९ महामारीको बेलामा नेपालको संसदले गरेका गतिविधिहरूको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्ने छन् ।

अध्यक्ष तिमिल्सिनाले नेपाल जलवायु परिवर्तनको ठूलो जोखिममा रहेकाले यसका सम्बन्धमा गम्भिरतापूर्वक कुरा राख्ने बताए । उनले गोर्भनिङ काउन्सिलको २०९ औँ सत्रमा पनि भाग लिने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी भएर संसदीय प्रतिनिधि मण्डल चैत्र ११ गते नेपाल फर्किने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप