शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुममा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई घाइते

शुक्रबार, ०४ चैत २०७८, २१ : ५९
शुक्रबार, ०४ चैत २०७८

रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१२ को गर्खानीमा राङ्सीबाट रुकुमकोटतर्फ आउँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए । उनका अनुसार मृतकको परिचय खुलेको छैन ।

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताए । सामान्य घाइते हुनेमा सो गाउँपालिकाका ३२ वर्षका वीरप्रताप बुढा रहेका छन् । अर्का घाइतेको पनि पहिचान खुल्न सकेको छैन । दुवै जनाको रुकुमपूर्व अस्पततालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप