शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा घरमा ठोकियो गाडी

शुक्रबार, ०४ चैत २०७८, २१ : ३६
शुक्रबार, ०४ चैत २०७८

गुल्मीमा घरमा गाडी ठोकिएको छ । शुक्रबार साँझ गुल्मीको  सदरमुकाम तम्घासस्थित खानीगाउँको  एक  घरमा गाडी ठोकिएको  हो  । जिल्ला  प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी माधव  राज  खरेलले  अनुसार घरमा गाडी ठोकिएको जानकारी गराए ।

उनका अनुसार लु१ख ९४७३ नम्बरको बस घरमा ठोकिएको हो । दुर्घ घटनामा परि गाडी चालक कमल बुढा मगर, सहचालक विजय नेपाली घाइते भएका छन् ।  घाइते दुवैको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।    

खानीगाउँमा  रहेको रिडर्स बोर्डिङ्ग  स्कुलका  संचालक  श्रीप्रसाद  भलामीले  आफ्नो  स्कुलका  शिक्षक  विद्यार्थी  धुर्कोटमा  पिकनिक  गएर  फर्किदा गाडी झिर्बासे  किराना  पसलमा  ठोकिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप