विप्लवको प्रतिवदेन : चुनावलाई उपयोग गरेर अगाडि बढौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले स्थानीय तहको निर्वाचनमा सहभागी हुनपर्ने प्रतिवेदन पेश गरेका छन् । शुक्रबारदेखि कपिलबस्तमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले पेश गरेको प्रतिवेदनमा सरकारले घोषणा गरेको स्थानीय तहको चुनावलाई उपयोग गरेर जानु पर्ने उल्लेख गरिएकाे छ ।
नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरुलाई दिएको प्रतिवेदनमा चुनावलाई उपयोग गरेर जानुपर्ने उल्लेख गरिएको छ । उनले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि शनिबार बस्ने बैठकमा छलफल हुनेछ । नेकपा स्रोतले भन्यो- ‘प्रतिवेदनमा अन्य विषयहरु पनि छन् तर बिशेष निर्वाचनलाई केन्द्र बनाएको छ । बैठकमा त्यसै विषयमा गहन छलफल हुने छ ।’ आजको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप राष्ट्रिय क्रिकेट : गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीको जित
-
३.४४ अंकले घट्यो नेप्से, घट्यो कारोबार
-
रोनाल्डोको होटलमा आगलागी
-
बल्खुबाट राप्रपाको खबरदारी : भातपानी बन्द गर्नेदेखि बंगलादेश र श्रीलंका बनाउने चेतावनी !
-
त्रिविका उपकुलपति बरालको राजीनामा सनाखतपछि स्वीकृति गरिने
-
रवि थुनामा गएपछि रास्वपाले बोलायो सचिवालय बैठक