शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

रुसी र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता

शुक्रबार, ०४ चैत २०७८, २० : ४२
शुक्रबार, ०४ चैत २०७८

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीचमा फोनवार्ता भएको छ । बिहीबार भएको वार्तामा रुस र युक्रेनको द्धिपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

दुई देशकाबीचको व्यापार, लगानी तथा अन्य द्धिपक्षीय व्यापारिक सम्झौता र सहमतिका बारेमा कुराकानी भएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । क्रेमलिनले दिएको जानकारीअनुसार उनीहरुका फोनवार्ताका क्रममा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा हालै भएका भ्रमण तथा व्यापारिक वार्ताका विषयमा पनि कुराकानी भएका समाचारमा जनाइएको छ ।

साथै उनीहरुका बीचमा रुसले युक्रेनमाथि गरिरहेको आक्रमणका बारेमा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको छ । त्यसक्रममा टर्कीस राष्ट्रपतिले युक्रेनबाट रुसले आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काउनका सहयोग गरेकामा रुसी राष्ट्रपतिलाई धन्यवाद दिएका थिए ।

रुसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ । रुसले युक्रेनमा गरिरहेको हमला तेस्रो हप्ता भन्दा पनि बढी भएको छ । यी दुई देशबीचमा शान्ति वार्ताको पहल भएको भनिए पनि निकास भने निस्किएको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप