आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : भागबण्डामा ११ जिल्लाका खेलकुद विकास अध्यक्ष नियुक्त

शुक्रबार, ०४ चैत २०७८, २० : ३५
शुक्रबार, ०४ चैत २०७८

बागमती प्रदेश सरकारले ११ वटा जिल्लामा खेलकुद विकास समितिका अध्यक्ष नियुक्त गरेको छ । प्रदेश खेलकुद विकास परिषद्ले शुक्रबार सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई भागबन्डाको आधारमा खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरेको हो ।

भागबण्डा अन्तर्गत नेकपा माओवादी केन्द्रको भागमा ६, नेपाली काँग्रेसको ३ र नेकपा एकीकृत समाजवादीका २ जना अध्यक्ष परेका छन् । नियुक्ति पाउनेहरुमा मकवानपुरमा भेष खड्गी, चितवनमा उत्तम गुरुङ, धादिङमा प्रतापसिं तामाङ, नुवाकोटमा बुद्धिमान तामाङ छन् ।

यस्तै, रसुवामा दावा तामाङ, ललितपुरमा विनोद महर्जन, काभ्रेमा मानबहादुर लामा, सिन्धुपाल्चोकमा सुदेश राना, दोलखामा रामहरि सिवाकोटी, रामेछापमा सरोज गंगा मगर तथा सिन्धुलीमा वीरबहादुर थिङ छन् ।

परिषद्ले काठमाडौं र भक्तपुर जिल्लामा भने अध्यक्ष नियुक्त गरेको छैन । ती जिल्लामा छिट्टै नियुक्त गरिने भण्डारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप