भरतपुर महानगरका विपन्न ६० छात्रालाई साइकल वितरण
भरतपुर महानगरमा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो ।
२ वर्ष अघिदेखि सुरु गरेको कार्यक्रम अन्तर्गत यो पटक भरतपुर वडा नम्बर १८, १९ र २० का ८ वटा विद्यालयका ६० जना छात्रालाई साइकल वितरण गरिएको महानगरपालिकाको सामाजिक महाशाखाले जनाएको छ । महानगरले हालसम्म ५ सय २४ जना छात्रालाई साइकल प्रदान गरिसकेको छ ।
विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको मेयर रेनु दाहालले जानकारी दिइन् । महानगरले यो वर्ष १० वटा वडाका २ सय जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताइन् ।
साइकल पाएपछि छात्राहरू खुसी भएका छन् । साइकलका कारण विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाइलाई निरन्तरता दिन सहज हुने छात्राहरूले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव