मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

संस्कृतिविद् जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ लोकार्पण

शुक्रबार, ०४ चैत २०७८, १९ : ३६
शुक्रबार, ०४ चैत २०७८

संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित आफ्नो जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण समारोहमा बोल्दै उनले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कार-संस्कृतिबीचमा एकता ल्याउने बताएका हुन् ।

उनले लोक संस्कृतिलाई हेला गरेर राज्य समावेशी बन्न नसक्ने बताए । लोक संस्कृतिले सबैलाई आफू नेपाली भएको भावना जागृत गराउने पनि उनले उल्लेख गरे ।  पत्रकार गिरीश गिरीले लेखेको जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को शुक्रवार लोकार्पण गरेको हो । पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तक लोकार्पणपछि बोल्दै संस्कृतिविद् जोशीले पुस्तकले सत्यमोहन जोशीलाई चिनाउन मद्दत गर्ने बताए ।

पुस्तकले नेपाली भाषा साहित्यको विकासमा सघाउ पु¥याउने पनि उनले बताए । पुस्तकका लेखक गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रका लागि गरेको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पु¥याउने उद्देश्यसहित पुस्तक लेखिएको बताए । जोशीलाई काठमाडौं भित्रका कला, संस्कृतिसँग मात्रै जोडेर साँघुरो रुपमा बुझ्नु नहुने भन्दै उनले सिंगो राष्ट्रको कला, संस्कृतिको विकासका लागि योगदान दिएको उल्लेख गरे । पुस्तकमा   जोशीको जीवनीका साथै उनले राष्ट्रको कला र संस्कृतिको विकासमा खेलेको भूमिकाको समेत चर्चा गरिएको गिरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप