संस्कृतिविद् जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ लोकार्पण
संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित आफ्नो जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण समारोहमा बोल्दै उनले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कार-संस्कृतिबीचमा एकता ल्याउने बताएका हुन् ।
उनले लोक संस्कृतिलाई हेला गरेर राज्य समावेशी बन्न नसक्ने बताए । लोक संस्कृतिले सबैलाई आफू नेपाली भएको भावना जागृत गराउने पनि उनले उल्लेख गरे । पत्रकार गिरीश गिरीले लेखेको जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को शुक्रवार लोकार्पण गरेको हो । पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तक लोकार्पणपछि बोल्दै संस्कृतिविद् जोशीले पुस्तकले सत्यमोहन जोशीलाई चिनाउन मद्दत गर्ने बताए ।
पुस्तकले नेपाली भाषा साहित्यको विकासमा सघाउ पु¥याउने पनि उनले बताए । पुस्तकका लेखक गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रका लागि गरेको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पु¥याउने उद्देश्यसहित पुस्तक लेखिएको बताए । जोशीलाई काठमाडौं भित्रका कला, संस्कृतिसँग मात्रै जोडेर साँघुरो रुपमा बुझ्नु नहुने भन्दै उनले सिंगो राष्ट्रको कला, संस्कृतिको विकासका लागि योगदान दिएको उल्लेख गरे । पुस्तकमा जोशीको जीवनीका साथै उनले राष्ट्रको कला र संस्कृतिको विकासमा खेलेको भूमिकाको समेत चर्चा गरिएको गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण