आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पैसा कहाँ हराइरहेको छ ? सिरानमुनि वा ओछ्यानमुनि ?, म खोज्दैछु : अर्थमन्त्री शर्मा

शुक्रबार, ०४ चैत २०७८, १९ : ००
शुक्रबार, ०४ चैत २०७८

अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण बजारमा तरलता अभाव सृजना भएको बताएका छन् । शुक्रबार नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा मन्त्री शर्माले व्यक्तिले संस्थाले घरमै पैसा राख्ने गर्नाले तरलताको समस्या आएको जिकिर गरे । त्यस्तो पैसा आफूले खोज्न थालेको समेत उनले बताए ।

‘पुँजी कतै हराइरहेको छ । आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनी र ओछ्यानमुनी त बन्द रहेको छैन ? यसको खोजीमा म लागेको छु’ उनले भने, ‘हाम्रो पुँजी निस्क्रिय भएर कतै बसिरहेको त छैन ? यता तिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’

उनले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्ड लगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेको समेत औँल्याउँदै यस्तो कार्य रोक्न सरकारले संयन्त्रको नै विकास गरिसकेको बताए । ‘नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर क्यापिटल पलायन हुने प्रकृया देखा परेको छ । त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन्’ उनले भने ।

पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्नेक्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनले बताए । ‘बैंकिङ ब्याजदर व्यवसायी अनुकुल हुनुपर्छ भनेर मैले भन्दै आएको छु । उत्पादन मुलुक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी हुनु हुँदैन भनेर मैले राष्ट्र बैंकलाई सल्लाह दिएको छु’ उनले भने। बैंकिङ प्रणालीमा बिस्तारै निक्षेप बढ्न थालेकाले तरलताको समस्या केही दिनमै हल हुने समेत उनले बिश्वास व्यक्त गरे ।

मुलुकले अहिले भोगिरहेको शोधानान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको बताउदै उनले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थ, डण्डी तथा डण्डीजन्य बस्तु, खानेतेल, प्लास्टिकलगायतको मूल्य बढेको बताए । त्यस्तै ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाँडादर समेत वृद्धि भएको छ त अर्कातिर डलरको बिनिमयदर पनि बढेको उनले बताए । जसले गर्दा सबैको चाप भुक्तानीमा पर्न गएको र शोधानान्तरस्थित सोचेभन्दा केही फरक पर्न गएको उनले बताए ।

तर पछिल्लो समय शोधानान्तरस्थिति सुधार हुन थालेको बताउँदै अब चाँडै अर्थतन्त्र लयमा आउने उनले विश्वास व्यक्त गरे । सो अवसरमा मन्त्री शर्माले रेमिट्यान्सको एजेन्ट कमिसनदर कम गराउन पहल भइरहेको तथा रेमिट्यान्स बचतमा १ प्रतिशत ब्याजदर बढी दिएर आकर्षित गर्ने गरि गृहकार्य समेत भइरहेको उनले जानकारी दिए। कार्यक्रममा अर्थमन्त्री शर्माले नागरिक लगानी कोषलाई धेरैे भन्दा धेरै पुँजी भित्र्याउन र लगानीकर्तालाई उचित प्रतिफल दिएर आकर्षित गर्न निर्देशन दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप