स्टेपिङ स्टोन स्कुललाई ‘मेयर धनगढी प्याब्सन कप’को उपाधि
धनगढीमा आयोजित ‘मेयर धनगढी प्याब्सन कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता’को उपाधि स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुलले पाएको छ । आज भएको फाइनल खेलमा लिटल फ्लावर बोर्डिङ स्कुललाई २९ रनले पराजित गर्दै स्टेपिङ प्रतियोगिताको च्याम्पियन बनेको हो ।
उपाधि विजेता स्टेपिङले पुरस्कार स्वरुप रु एक लाख एक हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले रु ५१ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धारिच २० ओभरमा छ विकेट गुमाएर १३४ रन बनायो । १३५ रनको विजयी लक्षसहित जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले १७ दमशलब दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो ।
उसका शैलेश केसीले ४६ रन बनाएर आउट भए । सचिन भट्टले १४, नरेन भट्टले १२ र पारस ऐरले १० रन बनाए । बलिङतर्फ स्टेपिङका आर्यन दानपालीले तीन दशमलब दुई ओभर बलिङ गर्दै ११ रन खर्चिएर चार विकेट लिए । अभिषेक खड्काले दुई र भुपेश जोशीले एक विकेट लिए ।
यसअघि पहिलो इनिङमा स्टेपिङका विशाल विष्टले ५५ बलमा चार चौका र चार छक्काको मद्दतले ६१ रन बनाए । उसका आर्यन दानपालीले ३६ र अभिषेक खड्काले १६ रन बनाए । बलिङतर्फ लिटल फ्लावरका सार्थक बम र अनुराग सिंहले समान एक/एक विकेट लिए । प्रतियोगिताको ‘प्लेयर अफ दि म्याच’ स्टेपिङका आर्यन दानपाली घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी लिटल फ्लावर स्कुलका अनुराग सिंह भए । उनले पुरस्कार स्वरुप १० हजारसहित ट्रफि, मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान शारदा माध्यमिक विद्यालयका गौरव कार्की, उत्कृष्ट बलर स्टेपिङका भुपेश जोशी र उदीयमान खेलाडी एरिस्टोका किरण देउवा भए । उनीहरूले जनही रु पाँच हजार प्राप्त गरेका छन् ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओड र वडा अध्यक्ष नारायण बरालले प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को आयोजनामा भएको सो प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयका क्रिकेट टोलीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन