पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्न माग
हेटौंडा उपमहानगरपालिका-१२, १३ र १४ वडाका स्थानीयहरुले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग गरेका छन् । निकुञ्जले उक्त वडाका बस्तीमा प्रभावित गरेको भन्दै स्थानीयले खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले मानवीय समवेदनालाई ख्याल नगरी निकुञ्ज क्षेत्र विस्तार गरेर मानिसहरु विस्थापित हुने अवस्था सृजना भएको उनीहरुले बताएका छन् । स्थानीयको विरोध प्रदर्शनमा सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरले समर्थन दिएको छ ।
विरोध प्रदर्शनमा सामुदायिक वनमा भइरहेको प्रतिगमन बन्द गर, संरक्षण क्षेत्र विस्तार बन्द गर, मानव अधिकारको सम्मान गर, वन्यजन्तु आतंक नियन्त्रण गर, प्रदेश वन ऐन संसोधन गर, मानव अधिकार विरोधी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र राष्ट्रिय पर्सा निकुञ्ज मध्यवर्ती क्षेत्र खारेज गर्न माग गरिएको छ ।
उनीहरुले निकुञ्ज क्षेत्रको विस्तार कार्य रोकेर मानव अधिकारको रक्षा गर्न न र वन्यजन्तुको संरक्षणका योजना ल्याउन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय असहयोगसँग ‘जुध्न’ भैरहवा विमानस्थलमा आधुनिक प्रणाली विकास हुँदै
-
सर्वनाममा शुक्रबारबाट ‘पत्थरको कथा’
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’