पाण्डे पक्षले भन्यो - केन्द्रीय सदस्यहरूमाथि मिश्रको कारबाही कायरताको पराकाष्ठा
![पाण्डे पक्षले भन्यो - केन्द्रीय सदस्यहरूमाथि मिश्रको कारबाही कायरताको पराकाष्ठा](https://rpcdn.ratopati.com/media/albums/milan-rabindra_6AVyS5nJwH.jpg)
विवेकशील साझा पार्टी संयोजक मिलन पाण्डे पक्षले पार्टी अध्यक्ष्य रविन्द्र मिश्र पक्षले गरेको कारबाही कायरताको पराकाष्ठा भएको बताएको छ । पार्टीका प्रवक्ता हरीशप्रसाद भट्टले विज्ञप्ति जारी गर्दै वरिष्ठ नेतासहित २६ केन्द्रीय सदस्यलाई गरेको कारबाहीले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मिश्र पक्षको कार्यसम्पादन समितिको बैठकले संयोजक पाण्डेसहितका नेतालाई कारबाही गर्ने निर्णय गरेको थियो । पाण्डे पक्षले यो कारबाही पार्टीको महाधिवेशन टार्ने षड्यंत्र भएको जनाएको छ । यस्तै उक्त समुहले सर्वोच्च अदालतमा विचाराधिमन मुद्दासँग डराएर यस्तो निर्णय गरिएको आरोप पनि लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘रवीन्द्रजी र हाम्रो भेट सर्वोच्च अदालतको कठघरामा चाँडै हुने नै छ । सम्मानित सर्वोच्च अदालतले मिश्रजीको पार्टीमा विधान कुल्चेर, सम्झौता च्यातेर मुलुकको संविधान र व्यवस्थामाथि धावा बोल्दै धार्मिक द्वन्द्व फैलाउने कदमहरूलाई खारेज गरेर कानुनी कारबाही गर्ने हाम्रो विश्वास छ। हामी, पार्टीको विधान र मुलुकको संविधान पक्षधर नेतृत्वहरु मिश्रजीलाई उहाँको जस्तो अवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक कारबाहीको नाटक गर्ने पक्षमा नरहेको पनि स्पष्ट पार्न चाहन्छौँ । हामीलाई विधिमा विश्वास छ। हामी पार्टी आधिकारिकताको विवाद सम्मानित अदालतबाट टुङ्गिनेमा विश्वस्त छौँ।’
वैकल्पिक राजनीतिलाई बदनाम र कमजोर बनाउने उद्देश्यले यस्ता कदम चालिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का