बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाण्डे पक्षले भन्यो  - केन्द्रीय सदस्यहरूमाथि मिश्रको कारबाही कायरताको पराकाष्ठा

शुक्रबार, ०४ चैत २०७८, १७ : ३१
शुक्रबार, ०४ चैत २०७८

विवेकशील साझा पार्टी संयोजक मिलन पाण्डे पक्षले पार्टी अध्यक्ष्य रविन्द्र मिश्र पक्षले गरेको कारबाही कायरताको पराकाष्ठा भएको बताएको छ । पार्टीका प्रवक्ता हरीशप्रसाद भट्टले विज्ञप्ति जारी गर्दै वरिष्ठ नेतासहित २६ केन्द्रीय सदस्यलाई गरेको कारबाहीले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

मिश्र पक्षको कार्यसम्पादन समितिको बैठकले संयोजक पाण्डेसहितका नेतालाई कारबाही गर्ने निर्णय गरेको थियो । पाण्डे पक्षले यो कारबाही पार्टीको महाधिवेशन टार्ने षड्यंत्र भएको जनाएको छ ।  यस्तै उक्त समुहले सर्वोच्च अदालतमा विचाराधिमन मुद्दासँग डराएर यस्तो निर्णय गरिएको आरोप पनि लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘​रवीन्द्रजी र हाम्रो भेट सर्वोच्च अदालतको कठघरामा चाँडै हुने नै छ । सम्मानित सर्वोच्च अदालतले मिश्रजीको पार्टीमा विधान कुल्चेर, सम्झौता च्यातेर मुलुकको संविधान र व्यवस्थामाथि धावा बोल्दै धार्मिक द्वन्द्व फैलाउने कदमहरूलाई खारेज गरेर कानुनी कारबाही गर्ने हाम्रो विश्वास छ। हामी, पार्टीको विधान र मुलुकको संविधान पक्षधर नेतृत्वहरु मिश्रजीलाई उहाँको जस्तो अवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक कारबाहीको नाटक गर्ने पक्षमा नरहेको पनि स्पष्ट पार्न चाहन्छौँ । हामीलाई विधिमा विश्वास छ। हामी पार्टी आधिकारिकताको विवाद सम्मानित अदालतबाट टुङ्गिनेमा विश्वस्त छौँ।’

वैकल्पिक राजनीतिलाई बदनाम र कमजोर बनाउने उद्देश्यले यस्ता कदम चालिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप