आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

डीआईजीको ३ सिटमा बढुवा हुन तीव्र प्रतिस्पर्धा

गृह र हेडक्वार्टरको प्राथमिकतामा पुरानो टिम
शुक्रबार, ०४ चैत २०७८, १७ : २४
शुक्रबार, ०४ चैत २०७८


 नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरेसँगै खाली हुने डीआईजीको ३ सिटमा बढुवा गर्न बाटो खुलेको छ ।  चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले धीरजप्रताप सिंह, बसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई एक सातापछि मन्त्रिपरिषद्ले सदर गर्नुपर्ने कानुनी व्यवस्था छ ।

रिक्त हुन लागेको ३ वटा डीआईजीको सिटमा बढुवा हुन तीव्र प्रतिस्पर्धा शुरु भएको छ । २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र २०५१ चैत ५ र २०५२ भदौमा भर्ना भएका एसएसपीहरु बढुवाको प्रतिस्पर्धामा छन् । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका राजेन्द्रप्रसाद चौधरी, प्रदीपकुमार श्रेष्ठ र नवराज भट्ट पनि एसएसपी छन् । तर, उनीहरु मेरिट लिस्टमा पछाडि छन् । उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।

आईजीपीको ब्याचमेट भन्दा पछाडि २०४९ चैत ११ मा भर्ना भएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, मसउद आलम खाँ मेरिट लिस्टमा अगाडि छन् । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले करिब एक वर्ष डीआईजीमा बहाल रहनेगरी उनीहरुलाई बढुवा गर्ने तयारी गरेको छ । उनीहरु २०७५ जेठमा एसएसपीमा बढुवा भएका थिए । 

प्रतिस्पर्धामा नयाँ टोली 
डीआईजी बन्न नयाँ टोली पनि प्रतिस्पर्धामा छन् । २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भएका अधिकृतहरु डीआईजी बन्ने दौडमा लागेका हुन् ।  नयाँ टोलीबाट एसएसपीहरु दीपक थापा, टेकप्रसाद राई, उमेशराज जोशी, रामदत्त जोशी, किरण बज्राचार्य र वसन्तबहादुर कुँवर प्रतिस्पर्धामा अगाडी छन् ।

सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, मीरा चौधरी थारु, बुद्धिराज गुरुङ, पोषराज पोखरेल र टेकबहादुर तामाङ पनि २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भएका थिए ।  २०७७ वैशाखमा विष्णुकुमार केसी र अशोक सिंह लगायतका अधिकृतहरु एसएसपीमा बढुवा भएका थिए । मेरिट लिस्टमा तल रहेका उनीहरु पनि बढुवा हुने प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप