विप्लव नेतृत्वको नेकपाको बैठक एक घण्टा बसेर स्थगित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटि बैठक एक घण्टा बसेर स्थगित भएको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म बैठक बसेर शनिबारसम्मका लागि स्थगित भएको हो ।
शुक्रबारको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेपछि स्थगित भएको केन्द्रीय सदस्य पदम जिसीले जानकारी दिए । ‘महासचिवको डकुमेन्ट अध्ययन गर्न बैठक शनिबार बस्ने गरी स्थगित भएको छ’, जिसीको भनाइ छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन उपयोग वा बहिष्कार भन्नेबारे बैठकले निर्णय गर्नेछ । शुक्रबारको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ७ मध्ये ४ जना सल्लाहकारको उपस्थिती रहेको थियो ।
गत २६ फागुनमा सम्पन्न सो पार्टीको सचिवालय बैठकमा महासचिव विप्लवले चुनाव उपयोग गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर उक्त प्रस्तावमा केही नेताले फरक मत राखेपछि यसबारे पार्टीमा बहस चर्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीका ठुला अस्पतालका क्यान्टिन सन्तोषजनक छैनन् : विभाग
-
‘महिनाको १६ हजार १० रुपैयाँमा पीजी कार्यक्रम चलाउन सकिँदैन’
-
‘भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्नुहुन्छ, हाम्रा प्रधानमन्त्रीहरूलाई मतलब छैन’
-
आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
-
सुन तस्करी विवादमा मुछिएका सहसचिव अधिकारीको बागमती प्रदेशमा सरुवा
-
प्रधानमन्त्री ओली र फुटबल लिजेन्ड रोबर्टो कार्लोसबिच भेट (तस्बिरहरु)