निर्वाचन आयोगको आचारसंहिता : जसपा नेताको मिश्रित प्रतिक्रिया
जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले निर्वाचन आयोगले स्थानीय तह चुनावमा उम्मेदवार बन्न अहिलेका जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने प्रावधान तय गरेको बारे फरक(फरक धारणा व्यक्त गरेका छन् ।
पार्टीका नेता डा। सूर्यनारायण यादवले यो विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको प्रतिक्रिया दिए । उनले आफ्नो व्यक्तिगत विचारमा आयोगको आचारसंहिता गलत भएको तर्क गरे ।
स्थानीय तहका बहालवाला पदाधिकारीको पदको म्याद आफै सकिने भन्दै चुनावमा उम्मेदवारी दिनुपर्ने भएकै कारण राजीनामा दिनु व्यावहारिक रूपमा अप्ठेरो विषय भएको उनको भनाइ छ । जनप्रतिनिधिलाई योजनागत हिसाबले काम गर्ने वातावरण पनि नहुने उनले बताए ।
जसपा नेतृ अमृतादेवी अग्रहरीले भने आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको प्रशंसा गरेकी छन् । ‘यस विषयमा हाम्रो पार्टीले आधिकारिक धारणा तय गर्ला, तर मलाई आयोगको स्थानीय तह चुनाव आचारसंहिता ठिक लाग्यो । एउटा व्यक्ति सधै जनप्रतिनिधि हुन सक्दैन र मिल्दैन पनि । यदि उम्मेदवारी दिने हो भने उसले राजीनामा दिएर अगाडि बढ्नुपर्छ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?