बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको मुटुमाथि फोहोरको डङ्गुर ! (फोटो/भिडियो)

शुक्रबार, ०४ चैत २०७८, १५ : ५२
शुक्रबार, ०४ चैत २०७८

पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो, अनि फेवाताल पोखराको पहिचान र मुटु नै हो भन्दा फरक नपर्ला । तर, पछिल्लो समय फेवातालको अवस्था हेर्दा पर्यटकीय नगरी पोखराको सानमाथि नै दाग लागेजस्तो भान हुन्छ । 
फेवातालको क्षेत्रफलको विषय होस् या त्यहाँ वरपर बनेका संरचनाहरू नै किन नहोस् यसले फेवाताल संरक्षणको विषयलाई नै चुनौति थपेको छ । अझ त्यसमा पनि फेवाताल वरपर देखिने फोहोरका कारण सुन्दरतामा पनि प्रश्न उठाउने गरेको छ । 

विशेष गरेर फेवातालको पानी बगेर जाने नहर क्षेत्रमा फोहोरको डङ्गुर देख्न सकिन्छ । ड्यामसाइडमा देखिने फोहोरले पोखरालाई नै गिज्याइरहेको छ । हुन त फोहोर थुप्रिएको चर्चा र चिन्ता सामाजिक सञ्जालमा सधैँजसो चलिरहन्छ । बेलाबेलामा अभियन्ताहरूले सफाई कार्यक्रम सञ्चालन गर्ने गरेपनि ड्यामसाइटको नियमित सफाइ कस्ले गर्ने भन्नेमा महानगर स्वयंलाई समेत पत्तो छैन । 

भिडियो हेर्नुहोस्

पोखरा महानगरपालिकाकी सरसफाई शाखा प्रमुख कल्पना पौडेलले फोहोर थुप्रिएकोबारे अनभिज्ञता प्रकट गरिन् । उनका अनुसार तालको निकास निस्कने ड्यामसाइडमा बगेर आएको प्लास्टिकजन्य फोहोर कसले उठाउने भनेर किटान पनि गरिएको छैन । यसको जिम्मा कसले लिने हो र ड्यामसाइडमा जमेको फोहोर कति छ र त्यस्तो फोहोर कहाँ छ भन्नेसम्म महानगरपालिका जानकार छैन । तर, सामाजिक सञ्जालमा भने फोहोरका बारेमा तीव्र आलोचना बढिरहेको छ।

हाल पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा भने ‘फोहोर मैला व्यवस्थापन प्रा.लि’ले गर्दै आएको छ । ड्यामसाइडमा देखिएको फोहोरबारे सामाजिक सञ्जालमा चर्चा बढेपछि युवा सञ्चारकर्मी आशिष पुरीको संयोजकत्वमा केही पहिले सफाइ गरिएको थियो  । तर, फेवाताल संरक्षणका लागि भनेर काम गर्दै आएका सय बढी संस्था भने यस विषयमा मौन बस्ने गरेको स्थानीयको गुनासो छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप