राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना इन्डोनेसिया जाँदै
राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया जान लागेका छन् । .अध्यक्ष तिमिल्सिना अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसदको आयोजनामा चैत्र ४ देखि १० गतेसम्म हुने अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन शुक्रवार बेलुका इन्डोनेसिया प्रस्थान गर्न लागेका हुन् ।
अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल शुक्रबार बेलुका ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधि मण्डलमा राष्ट्रियसभा सदस्यहरु भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधिसभा सदस्यहरु सुरेन्द्र कुमार कार्की, उमाशंकर अरगरिया रहेका छन् । त्यस्तै संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयाललगाएतको प्रतिनिधि मण्डलमा रहने संसद सचिवालयले जनाएको छ ।
सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टू जिरो : मोविलाइजिङ पार्लियामेन्ट्स टू एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा व्यक्त गर्ने छन् । त्यसैगरी सम्मेलनका विशेष सत्रमा कोभिड–१९ महामारीको बेलामा नेपालको संसदले गरेका गतिविधिहरुको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्ने छन् । अध्यक्ष तिमिल्सिनाले नेपाल जलवायु परिवर्तनको ठूलो जोखिममा रहेकाले यसका सम्बन्धमा गम्भिरतापूर्वक कुरा राख्ने बताए । उनले गोर्भनिङ काउन्सिलको २०९ औँ सत्रमा पनि भाग लिने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी भएर संसदीय प्रतिनिधि मण्डल चैत्र ११ गते नेपाल फर्किने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेको छलफल
-
फेवातालबाट ३ जना इजरायली पर्यटकको उद्दार
-
मर्मतपछि कुलेखानी तेस्रोबाट पुनः विद्युत् उत्पादन सुरू
-
मोदीको चेतावनी : हामीले १ सयभन्दा बढी आतंककारी मार्यौँ, पाकिस्तानको मनोवृत्ति हेरेर थप कारबाही गर्छौँ
-
वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध
-
अमेरिकाकाे चेतावनी : युद्ध नरोके व्यापारमा सघाउँदैनौँ