बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री शर्माले भने– ‘बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल चलिरहेको छ’

शुक्रबार, ०४ चैत २०७८, १४ : ३४
शुक्रबार, ०४ चैत २०७८

अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रणका लागि छलफल भइरहेको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका अर्थमन्त्रीलाई व्यवसायीहरुले ब्याजदरको विषयमा प्रश्न गरेपछि उनले यस्तो बताएका हुन् । 

उक्त कार्यक्रममा मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालिरहेको बताए । ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’ अर्थमन्त्री शर्माले भने । 

सोही अवसरमा अर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशतमा सीमित राख्न समेत भनेको बताए । ब्याजदरको सन्दर्भमा उनले चाडैं बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यमार्गी बाटो अपनाइने समेत जानकारी दिए ।

त्यस्तै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृङ्खलाका कारण मुलुकको सोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै सो बिस्तारै सुधारोन्मुख रहेको उनले बताए ।  ‘सोधानान्तर स्थितिमा सुधार हुँदैछ । हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौं’ मन्त्री शर्माले भने । ४७ वस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउँदै गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप