
अर्थमन्त्री शर्माले भने– ‘बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल चलिरहेको छ’

अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रणका लागि छलफल भइरहेको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका अर्थमन्त्रीलाई व्यवसायीहरुले ब्याजदरको विषयमा प्रश्न गरेपछि उनले यस्तो बताएका हुन् ।
उक्त कार्यक्रममा मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालिरहेको बताए । ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’ अर्थमन्त्री शर्माले भने ।
सोही अवसरमा अर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशतमा सीमित राख्न समेत भनेको बताए । ब्याजदरको सन्दर्भमा उनले चाडैं बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यमार्गी बाटो अपनाइने समेत जानकारी दिए ।
त्यस्तै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृङ्खलाका कारण मुलुकको सोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै सो बिस्तारै सुधारोन्मुख रहेको उनले बताए । ‘सोधानान्तर स्थितिमा सुधार हुँदैछ । हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौं’ मन्त्री शर्माले भने । ४७ वस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउँदै गरेको उनले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ