मकवानपुरमा भ्यान दुर्घटना : चालकसहित १५ जना घाइते, ३ जनाको अवस्था गम्भिर
शुक्रबार, ०४ चैत २०७८, १३ : ४६

मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालीखोलामा बिहीबार राति भ्यान दुर्घटनामा हुँदा चालक सहित १५ जना घाइते भएका छन् । घाइते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र सुशील उप्रेतीसहित १३ जनालाई उपचारका लागि काठमाडौंको स्वयम्भु स्थित मनमोहन अस्पताल पठाइएको छ । अन्य २ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ ।
डाँडाबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश २–०३–००१च ३३५३ नम्बरको भ्यान बिहीबार राति सवा ९ बजे सडकको भित्तामा ठोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको भाउले फेरि बनायो नयाँ कीर्तिमान
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन