सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मकवानपुरमा भ्यान दुर्घटना : चालकसहित १५ जना घाइते, ३ जनाको अवस्था गम्भिर

शुक्रबार, ०४ चैत २०७८, १३ : ४६
शुक्रबार, ०४ चैत २०७८

मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालीखोलामा बिहीबार राति भ्यान दुर्घटनामा हुँदा चालक सहित १५ जना घाइते भएका छन् ।  घाइते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र सुशील उप्रेतीसहित १३ जनालाई उपचारका लागि काठमाडौंको स्वयम्भु स्थित मनमोहन अस्पताल पठाइएको छ । अन्य २ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ । 

डाँडाबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश २–०३–००१च ३३५३ नम्बरको भ्यान बिहीबार राति सवा ९ बजे सडकको भित्तामा ठोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप