शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नासाको एसएलएस मून रकेटको डेब्यू, मून मिसनका लागि भइरहेको छ तयारी

शुक्रबार, ०४ चैत २०७८, १३ : ४४
शुक्रबार, ०४ चैत २०७८

अमेरिकी स्पेस एजेन्सी नासाले चन्द्रमामा आफ्नो अर्को मिसन पठाउने  तयारीमा जुटेको छ ।

एजेन्सी अब पहिलो पटक आफ्नो विशाल चन्द्र रकेटलाई अगाडि ल्याएको छ । यो रकेटको नाम स्पेस लञ्च सिस्टम (एसएलएस) हो जसलाई फ्लोरिडाको केनेडी स्पेस सेन्टर लगिँदैछ । यहाँ एउटा डमी काउन्टडाउन गरिनेछ ।

यदि सबै ठिक रहे यो रकेटलाई मिसनका लागि तयार भएको घोषणा गरिनेछ र केही महिनापछि क्रु बिनाको एउटा टेस्ट क्याप्सुल चन्द्रमा नजिकै पठाइनेछ ।

यो दशकसम्म एसएलएस रकेटमार्फत् अन्तरिक्ष यात्रीलाई एकपटक पुनः चन्द्रमाको सतहमा पठाइने आशा गरिएको छ ।

एसएलएसको अपोलो सेटर्न व्हिकल्सको तुलनामा थप शक्तिशाली बनाइएको छ । यस अन्तर्गत अन्तरिक्ष यात्रीहरुलाई पृथ्वीको सतहबाट टाढा पठाउने योजना मात्र नभएर चालक दलका सदस्यहरु थप समय त्यहाँ बस्न सक्ने पर्याप्त उपकरण र कार्गोको व्यवस्था गरिएको छ ।

एकातिर जब नासा, एसएलएसलाई विकसित गरिरहेको छ भने अर्कोतर्फ अमेरिकी व्यापारी एलन मस्कले योभन्दा पनि ठूलो रकेट तयार गर्नमा जुटेका छन् । मस्कको रिसर्च एन्ड डेभलपमेन्ट टिमले यसमाथि काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप