शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा कोरोना संक्रमण शून्य

शुक्रबार, ०४ चैत २०७८, १३ : १७
शुक्रबार, ०४ चैत २०७८

जिल्लामा  कोरोनाका संक्रमित शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । 

जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उनले बताए । उनले भने, ‘सक्रिय संक्रमित शून्य भएपछि जनजीवन सहज भएको छ, संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ ।’

जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेकाले खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ । सीमानाका झुलाघाट स्वदेश भित्रिनेहरुको नियमित कोरोना परीक्षण भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप